Logo

Jun 26 2025 | २०८२, असार १२गते

Jun 26 2025 | २०८२, असार १२गते

images

आन्तरिक राजस्व विभागका महानिर्देशकको सरुवा , महत्वपूर्ण जिम्मेवारी दिने गरी अर्थमा तीन सहसचिव लगियो

आन्तरिक राजस्व विभागका महानिर्देशकको सरुवा , महत्वपूर्ण जिम्मेवारी दिने गरी अर्थमा तीन सहसचिव लगियो

  • काठमाडौं । सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक तथा उपमहानिर्देशकलाई सरुवा गरेको छ ।अर्थमन्त्रालयले टेलिकमको बिलिङ ठेक्का प्रकरणमा विवादित रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक भूपाल बरालको सरुवा गरेको हो ।

    यस्तै मन्त्रालयले  उपमहानिर्देशक अर्जुन प्रसाद भट्टराईको पनि सरुवा गरेको छ ।भूपाल बराललाई वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको जिम्मेवारी दिइएको छ भने भट्टराईलाई संघीय मामिला तथा   सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।

    यसैगरी सरकारले प्रधानमन्त्री कार्यालयका सहसचिव नारायणप्रसाद सापकोटालाई अर्थमन्त्रालय लगेको छ । यस्तै सहसचिवद्वय ढुण्डीप्रसाद निरौला र शिवलाल तिवारीलाई पनि अर्थमन्त्रालय लगिएको छ ।

    समाचार स्रोतका अनुसार सापकोटासहित तीनै जना सहसचिवलाई महत्वपूर्ण जिम्मेवारी दिने गरी अर्थमन्त्रालय तानिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij