Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

नेपाल वायुसेवा निगम र त्यसका उत्तरदायी प्रमुख युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधियो

नेपाल वायुसेवा निगम र त्यसका उत्तरदायी प्रमुख युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधियो

  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र त्यसका उत्तरदायी प्रमुख युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ ।

    मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी सार्वजनिक गरे अनुसार  
     प्राधिकरणले यस्तो स्पष्टीकरण सोधेको हो । 

    युरोपेली युनियन (ईयू) को अडिट र प्राधिकरणले विभिन्न समयमा गरेको अडिटबाट देखिएका कैफियत हटाउन निगमले के कस्तो काम गरिरहेको समेत विषयहरूमा  सात दिनको समय राखेर स्पष्टीकरण सोधिएको छ ।

    निगमका तीन विभागमा रिक्त जनशक्ति नियुक्त नभएको, जहाजहरू लामो समय ‘ग्राउन्डेड’ हुने गरेको र उडान सुरक्षामा देखिएका कमजोरीलाई स्पष्टीकरणमा समावेश गरिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij