Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

केजरीवाललाई हिरासतमा रहँदा मुख्यमन्त्रीको कर्तव्य निर्वाह नगर्न माग गर्दै सर्वजनिक सरोकारको मुद्दा दायर

केजरीवाललाई हिरासतमा रहँदा मुख्यमन्त्रीको कर्तव्य निर्वाह नगर्न माग गर्दै सर्वजनिक सरोकारको मुद्दा दायर

  •  

    नयाँदिल्ली ।मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशनालय ९इडी० को हिरासतमा रहँदा पदीय हैसियतले कुनै पनि आदेश जारी गर्नबाट रोक्न दिल्ली उच्च अदालतमा सार्वजनिक सरोकारको मुद्दा दायर भएको छ । 

     

    मुद्दामा केजरीवालाई हिरासतमा रहँदा टाइपिस्ट, कम्यूटर, प्रिन्टर आदि प्रदान नगर्नका साथै उहाँले जारी गरेका आदेश कसरी दिल्लीका मन्त्री आतिशी कहाँ पुग्यो भन्ने कुराको अनुसन्धानका लागि इडीलाई निर्देशन दिन निवेदन गरिएको छ । 

     

    निवेदक सुरजित सिंह यादवले अधिवक्ताद्वय शशि रञ्जन कुमार सिंह र महेश कुमारमार्फत अरविन्द केजरीवालले हिरासतमा रही मुख्यमन्त्रीको हैसियतले निर्देशन र आदेशहरू जारी गर्दा भारतको संविधानको तेस्रो अनुसूचीअन्तर्गत गोपनीयताको शपथको उल्लङ्गन हुने दाबी गर्नुभएको छ ।

     

    निवेदक सिंहले हालै दिल्ली उच्च अदालतमा केजरीवाललाई मुख्यमन्त्रीको पदबाट हटाउन माग गर्दै सार्वजनिक हितको मुद्दा दायर गर्नुभएको थियो । उहाँको उक्त मागलाई दिल्ली उच्च अदालतले अस्वीकार गर्यो र जबरजस्ती कारबाहीको मुद्दा भन्दै गिरफ्तारीअघि आन्तरिम सुरक्षा प्रदान गरेको थियो ।

     

    निवेदनमा भनिएअनुसार इडीको गिरफ्तारीपश्चात पनि मुख्यमन्त्रीका रूपमा केजरीवालको निरन्तरताले आम जनताका सामु राष्ट्रिय राजधानी क्षेत्र ९एनसिटी० दिल्ली सरकारको विश्वसनीयता र छविलाई धमिल्याएको छ । 

     

    दिल्लीको एनसिटी सरकारको मुख्यमन्त्रीका रूपमा केजरीवालको निरन्तरताले कानूनको उचित प्रक्रियालाई अवरुद्ध गर्ने र न्यायको मार्गमा बाधा पुर्याउने मात्र नभई राज्यको संवैधानिक संयन्त्रलाई पनि विघटनमा पुर्याउने व्यहोरा अदालतमा निवेदन गरिएको छ । रासस

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij