Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

चिरख्वा हाइड्रोपावरको शेयरको लकइन वैशाख १५ गतेदेखि सकिने


नया सडक

२०८०, चैत १४ बुधबार

  • 438
    Shares

  • चिरख्वा हाइड्रोपावरको शेयरको लकइन वैशाख १५ गतेदेखि सकिने

    काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको ४० हजार कित्ता शेयरको लकइन वैशाख १५ गतेदेखि सकिने भएको छ ।सामूहिक लगानीकोष स्वामित्वमा रहेको उक्त शेयर ६ महिना लइकनपछि कारोबारमा आउन लागेको हो ।

    पछिल्लो समय नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा आपूर्तिक कम गर्न सर्वसाधारणमा बाँडफाँट भएको ६ महिनासम्म लकइनमा रहने व्यवस्था गरेको हो ।सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये ५ प्रतिशत आरक्षित शेयर कम्पनीले सामूहिक लगानीकोषका लागि छुट्याएको थियो ।

    धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य पछिल्लो कारोबार दिन प्रतिकित्ता ६०७ रूपैयाँ कायम रहेको छ । 

    प्रतिक्रिया दिनुहोस