Logo

May 23 2025 | २०८२, जेठ ९गते

May 23 2025 | २०८२, जेठ ९गते

images

विद्युत् आयात सम्झौता तीन महिनाका लागि  मात्र नवीकरण

विद्युत् आयात सम्झौता तीन महिनाका लागि  मात्र नवीकरण

  • काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता तीन महिनाका लागि  मात्र  नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो ।

    पाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी सार्वजनिक गरे अनुसार   भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने छ ।त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने छ ।अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ ।

    एक वर्षका लागि हुनुपर्ने सम्झौता तीन महिनाका लागि मात्र नवीकरण गरेको  र भारतले विद्युत् परिमाण पनि घटाएको भएपनि  असारपछि नेपालसँग पर्याप्त विद्युत् हुने र निर्यात समेत सुरु हुने  छ । त्यसैले  यो सिजनलाई आपूर्तिमा समस्या नहुने ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी सार्वजनिक गरे  । भारतबाट ५५४ मेगावाट विद्युत् आयात गर्दा पनि नेपालको माग धान्न सकिने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij