काठमाडौँ । आज नेप्से परिसूचक ४ दशमलव ७८ अङ्कले बढेको छ । आज २ अर्ब ६५ करोडको कारोबारको कारोबार भएको छ ।आज २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ५ वटा समूह घटेका छन् बाँकी समूहका सूचक सकारात्मक रहेका छन् ।
यस दिन ३१३ कम्पनीको ६६ लाख १४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ३७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सर्वोत्तम सिमेन्ट्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र शिवम् सिमेन्ट्स परेका छन् ।