काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा नेपाल टेलिकमका पूर्व अध्यक्षहरू समेत गरी २० विरुद्ध मुद्दा दायर गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम -एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्र लाई पनि प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ ।
आयोगले विशेष अदालतमा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरि मुद्दा दायर गरेको छ