Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु


नया सडक

२०८०, चैत १६ शुक्रबार

  • 369
    Shares

  • दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

    जोहानेसबर्ग ।  दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ । 

    यातायात विभागका अनुसार, बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया शहरतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटना भएको थियो । एक यात्रुको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । 

    दक्षिण अफ्रिकाका यातायात मन्त्री सिन्डीसिवे सिकुन्गाले मोरिया शहरनजिक भएको यस दुःखद घटनामा ज्यान गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गर्दै सवारी चलाउँदा अत्यन्त सावधानी अपनाउन आग्रह गर्नुभयो ।

    उद्धार कार्यका बारेमा प्रहरीले नियमित अद्यावधि विवरण सार्वजनिक गरिरहेको जनाएको छ । दुर्घटनाका बारेमा यथार्थ विवरण भने सार्वजनिक भइसकेको छैन । 

    दुर्घटनामा ज्यान गुमाउनेहरु अधिकाँश इसाई समुदायको ईस्टर पर्वका अवसरमा सहभागीहरु रहेका प्रहरीको भनाई छ । उक्त बस अनियन्त्रित भई पुलबाट झण्डै ५० मिटर तल नदीमा खसेर आगो लागेको थियो ।सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस