Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

आन्तरिक राजस्व विभागद्वारा सबैसँग करसम्बन्धी सुझाव माग


नया सडक

२०८०, चैत १६ शुक्रबार

  • 384
    Shares

  • आन्तरिक राजस्व विभागद्वारा सबैसँग करसम्बन्धी सुझाव माग

    काठमाडौं । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०८१–८२ को कर नीतिका लागि सरोकारवाला विज्ञहरूसँग  सुझाव माग  गरेको  छ ।

    images

    राजस्व विभागले आर्थिक वर्ष २०८१–८२ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा गठित राजस्व परामर्श समितिलाई सुझाव दिने प्रयोजनका लागि  सरोकारवाला विज्ञ तथा सर्वसाधारणसँग राजस्व नीतिको सुझाव माग गरेको हो ।

    आयकर, मूल्य अभिवृद्धि कर,अन्तःशुल्क शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर (डीएसटी), ई कमर्समा लगाइने कर लगायत आर्थिक ऐन बमोजिम लगाइने अन्य आन्तरिक कर तथा समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरण सम्बन्धी सुझावहरु माग गरिएको छ ।  तोकिएको मिति र ठेगानामा पठाउन अनुरोध गर्दै विभागले  इच्छुक व्यक्ति संस्था वा निकायले २०८० चैत्र ५ गतेसम्ममा विभागको कार्यालयमा सुझाव उपलब्ध गराईदिन भनेको छ ।

    प्रतिक्रिया दिनुहोस