Logo

May 15 2024 | २०८१, जेठ २गते

images

विशेष अदालतमा अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न सुरु


नया सडक

२०८०, चैत १६ शुक्रबार

  • 348
    Shares

  • विशेष अदालतमा अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न सुरु

    काठमाडौं । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न सुरु गरेको छ ।  अदालतले  बिहीबार परीक्षणको रुपमा  अनलाइन प्रणालीमार्फतको सुनुवाइको शुभारम्भ गरेको हो ।  

    images

    बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहसको सुरुवात भयो ।आगामी आइतबारदेखि नियमित रुपमा अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ  अघि बढ्नेछ ।

    बिहीबार सुरेन्द्रबहादुर सिंह विरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अधिवक्ता अपूर्व खतिवडाले अनलाइनबाटै बहस गरे । सोही  मुद्दामा सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता गोपाल लामिछानेले विशेष सरकारी वकिलको कार्यालयबाट अनलाइन बहस गरे ।

    विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी सार्वजनिक गरे अनुसार  यसबाट काठमाडौं बाहिरका सेवाग्राहीहरुलाई ज्यादा सहज हुनेछ । अनलाइन सुनुवाइबारे प्रधानन्यायाधीश श्रेष्ठले टाढाका सेवाग्राहीलाई अदालत परिसरमै उपस्थित हुनुपर्ने बाध्यता हटेको बताए ।

    अब विशेष अदालतमा सुनुवाइ हुने मुद्दाका कानुन व्यवसायी तथा पक्षहरुले बहस पैरवीका लागि अदालतको इजलासमा पुग्नुपर्ने बाध्यता हटेको छ । भर्चुअल बहस गर्न चाहने कानुन व्यवसायीहरुले हामीलाई पहिले जानकारी गराउनुपर्ने हुन्छ  । त्यसपछि हामीले अनलाइन बहसका लागि युजरनेम र पासवर्ड दिइनेछ । बहस अदालतले आफ्नो प्रणालीभित्र रेकर्ड गरेको हुन्छ  आवश्यक परे फेरि हेर्न पनि सकिन्छ ।

    विशेष अदालतले विशेष सरकारी वकिलको कार्यालयलाई पनि कार्यालयबाट बहस गर्न सकिने भनी पत्र पठाएको छ ।

    एउटा पक्ष अदालतमा उपस्थित हुने र अर्को पक्ष अनलाइनबाट बहस गर्न चाहेमा दुवैले बहस सुन्न र त्यसको प्रतिवाद गर्न अनुकुल हुनेगरी इजलासमा मनिटर र स्पिकरको व्यवस्था गरिएको छ । प्रवक्ताका अनुसार यो अनलाइन बहस प्रणाली ऐच्छिक रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस