Logo

May 15 2024 | २०८१, जेठ २गते

images

संसदमा लोकल रक्सी र गाँजा खेती खुलाउनु पर्ने माग


नया सडक

२०८०, चैत १६ शुक्रबार

  • 390
    Shares

  • संसदमा लोकल रक्सी र गाँजा खेती खुलाउनु पर्ने माग

    काठमाडौं । संसदमा लोकल रक्सी र गाँजा खेती खुलाउनु पर्ने माग गरिएको छ ।   नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी हुन् । 

    images

    राष्ट्रिय सभामा प्रादेशिक समयमा  शुक्रबार  नेपालले आफ्नै स्रोत र साधनको प्रयोग गरेर आर्थिक उपार्जन गर्न सक्ने बोल्दै उनले  यसका लागि स्थानीय रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने  बताइन् ।

    पहाडी क्षेत्रमा उत्पादन हुने कोदोको रक्सी औषधिको रुपमा प्रयोग हुने  गरेको  तर राज्यले त्यस्ता रक्सी जफत गरेर नष्ट गर्ने गरेको भन्दै उनले विरोध जनाइन् ।

    उनका अनुसार  पहाडका हिमाली क्षेत्रमा प्रशस्त मात्रामा कोदो उत्पादन हुन्छ । कोदाको रक्सी बन्छ । त्यो कोदाको पियोर रक्सी हात खुट्टा बाथ भएको मानिसले मालिस गर्‍यो भने निको हुन्छ ।  तर, स्थानीय प्रशासनले त्यस्तो लोकल रक्सी भाँडा फालिदिन्छ ।कतिपय महिलाहरुले रक्सी बनाएर जीविकोपार्जन समेत गर्ने गरेको भन्दै उनले यसलाई करको दायरामा ल्याउने नीति लिन सरकारलाई आग्रह गरिन् ।

    साथैउनले गाँजा खेती पनि खुलाउनुपर्ने बताइन् ।  गाँजा औषधिको रुपमा प्रयोग हुने गर्छ । गाँजाको बोट धागोका लागि प्रयोग हुने गर्छ ।  ‘गाँजा हाम्रो सम्पत्ति हो । यसको पहिचान गरेर धेरै रोजगारी दिन सकिने उनको तर्क थियो ।

     

    प्रतिक्रिया दिनुहोस