Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

सहसचिव धनीराम शर्माको नेतृत्वमा  बजेट मस्यौदा लेखन समिति गठन

सहसचिव धनीराम शर्माको नेतृत्वमा  बजेट मस्यौदा लेखन समिति गठन

  • काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनीराम शर्माको नेतृत्वमा  बजेट मस्यौदा लेखन समिति गठन गरेका छन् । सहसचिव धनीराम शर्माको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन भएको हो ।

    आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार गठन भएको सो  मस्यौदा लेखन समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

    शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् भने शर्मा आन्तरिक राजश्व कार्यालयमा उपमहानिर्देशक छन् ।समिति संयोजक शर्माले शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी सार्वजनिक गरेका छन् ।  विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने छ 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij