Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सिरहा एसईई परीक्षा:एक नक्कली परीक्षार्थी सहित ११ जना कारबाहीमा, केन्द्रबाट १२१ मोबाईल नियन्त्रणमा


२०८०, चैत १७ शनिबार

  • 678
    Shares

  • सिरहा एसईई परीक्षा:एक नक्कली  परीक्षार्थी सहित ११ जना कारबाहीमा, केन्द्रबाट १२१ मोबाईल नियन्त्रणमा

    सिरहा।सिरहाको विभिन्न एसईई परीक्षा केन्द्रहरुबाट १ जना नक्कली परीक्षार्थी सहित ११ जना परीक्षार्थी कार्वाहीमा परेका छ्न। प्रश्न पत्रको गोपनियता भंग गर्ने लगायत परीक्षाको मर्यादा विपरीत कार्य गर्ने ११ व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिइ कारबाही गरेको हो। ‍‍जिल्लाको मिर्चैया नगरपालिका वडा नं.१ स्थित श्री शारदा मा.बि.रामपुरबिर्ता S.E.E. परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षा दिईरहेको जन सेवा मा.बि.कर्जन्हाको (सिम्बोल नं ०१६०२०७३ E ) को परीक्षार्थी अभिषेक महराको प्रवेश पत्रको फोटो कपी लिई परीक्षा दिईरहेको नक्कली परीक्षार्थी जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं. ५ बस्ने अं. बर्ष १६ को अर्जुन महरालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

    त्यस्तै , सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. ५ स्थितमा रहेको श्री जनता मा.बि. झिझौल कजरा S.E.E. परीक्षा केन्द्रमा ऐ. वडा नं.२ बस्ने अं. बर्ष १५ को बिकास कुमार रायलाई परीक्षा केन्द्र बाहिर बसी मोबाईलबाट प्रश्न पत्रको गोपनियता भंग गरी रहेको अवस्थामा प्र.चौ. जानकीनगरबाट सुरक्षार्थ खटिएका प्रहरी टोलिले निजलाई नियन्त्रणमा लिई लिई सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद लिई ई.प्र.का. महेशपुरपतार सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ। नेपाली विषयको परीक्षा शान्तिपुर्ण वातावरणमा संचालन भईरहेको अवस्थामा सिरहाको विभिन्न परीक्षा केन्द्रहरुबाट परीक्षाको आचार संहिता एवं मर्यादा विपरीत कार्य गर्ने १ जान परीक्षार्थीलाई सुरक्षार्थ खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिनुका साथै जिल्ला प्रशासन कार्यालय सिरहाबाट खटिएको S.E.E. परीक्षा अनुगमन टोलिले विभिन्न परीक्षा केन्द्रका परीक्षार्थीहरुको साथबाट १२१ (एक सय एक्काइस) थान मोबाईल नियन्त्रणमा लिई अन्य २ जना परीक्षा निरीक्षकहरु समेतलाई जिम्मेवारीबाट हटाई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस