नेपाल चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति सर्वसम्मत चयन, कमलेश कुमार अग्रवाल अध्यक्ष
नया सडक
२०८०, चैत १८ आइतबार
558
Shares
काठमाडौं । नेपाल चेम्बर अफ कर्मसको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । सर्वसम्मतरूपमा चयन भएको नयाँ कार्यसमिति ५५ सदस्यी रहेको छ । सर्वसम्मत चयन भएको कार्यसमितिको अध्यक्षमा यसअघि वरिष्ठ उपाध्यक्ष रहेका कमलेशकुमार अग्रवाल अध्यक्ष भएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ५५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।
यही चैत २७ गते हुने चेम्बरको ७३औं वार्षिक साधारण सभा हुँदै छ । कार्यसमितिमा निर्धारित समयभित्र आवश्यक सङ्ख्यामा मात्रै आवेदन परेको छ । सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको वरिष्ठ अधिवक्ता समेत रहेका प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले जानकारी दिए ।
उनका अनुसार वाणिज्यतर्फ १५, उद्योगतर्फ ९, जिल्लातर्फ १५, नगरतर्फ १, वस्तुगततर्फ ९, संस्थागत (द्विराष्ट्रिय)तर्फ ३ र आवद्धतर्फ ३ जनाले मात्रै उम्मेदवारी दिएका छन् । जुन संख्या आवश्यक मात्रै हो ।चेम्बरको विधान अनुसार नवनिर्वाचित कार्य समितिले नै अध्यक्षलगायत पदाधिकारी चयन गर्ने छ । जसअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल अध्यक्ष बन्ने छन् ।यसको औपचारिक घोषणा चैत्र २७ गते हुने साधारण सभामा हुने जनाइएको छ ।