Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

कोभिड–१९ उपचार सामग्री खरिदमा भ्रष्टाचार : विशाल पण्डितलगायतविरुद्ध भ्रष्टाचार मुद्दा

कोभिड–१९ उपचार सामग्री खरिदमा भ्रष्टाचार : विशाल पण्डितलगायतविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौँ ।अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशीको आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता,  खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरनेशनलका बजार व्यवस्थापक मनोज आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ राज्यलाई हानी/नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

    कोशी अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको भन्दै उनीहरुलाई मुद्दा दायर गरिएको हो । स्वास्थ्य निर्देशनालय धनकुटाले कोशी अस्पतालको कोभिड–१९ केन्द्रका लागि आह्वान गरेको बोलपत्रमा न्यून कबोल गर्नेलाई छनोट नगरी अनियमितता गरिएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।

    साथै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको लागि एचडीयूको उपकरण खरिद गर्दा प्रभावकारी बोलपत्र प्रस्तुत नभएको बेला पुनः बोलपत्र नगरेको, प्राविधिक दृष्टिकोणबाट प्रक्रिया पूरा नभएका बोलपत्रलाई पूरा भएको भनी गलत लिखत तयार गरी सबैभन्दा बढी रकम कबोल गर्ने हस्पिटेक इन्टरप्राइजेजको बोलपत्र स्वीकृत गरी उपकरण खरिद गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध दुई करोड ८९ लाख ६६ हजार रुपियाँ बिगो मागदाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij