काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक १.१६ विन्दुले घटेको छ । यससँगै सूचक २०१७.१७ अंकमा आएको छ । १८ लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४० कम्पनीको ४ हजार ७ सय २४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो । १६ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन