काठमाडौं ।बैंक तथा वित्तीय संस्थामा विगत लामो समयदेखि अधिक तरलताको अवस्था छ । यसैबीच बैंक तथा वित्तीय संस्थाले १ दिनमै नेपाल राष्ट्र बैंकमा ६५ अर्बभन्दा बढी रुपैयाँ निक्षेप राखेका छन् ।
बैंक तथा वित्तीय संस्थाले आइतबार मात्रै ६५ अर्ब ७० करोड रुपैयाँ निक्षेप राखेका हुन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले धमाधम केन्द्रीय बैंकमा निक्षेप राख्न थालेका हुन् ।