Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ दिन निगमलाई संसदीय समितिको निर्देशन


नया सडक

२०८०, चैत १९ सोमबार

  • 465
    Shares

  • न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ दिन निगमलाई संसदीय समितिको निर्देशन

    काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले न्यारोबडी जहाज खरिद प्रक्रियासम्बन्धमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।

    सोमबार बसेको समिति बैठकले न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न भनेको हो । समिति सभापति राजकिशोर यादवले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गर्ने बताउँदै न्यारोबडी जहाज खरिद सम्झौताका समय भएका सबै प्रक्रिया बारे पनि पेस गर्न निर्देशन दिएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस