Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

सर्वसाधारणका लागि धरहरा खुला, २ सय शुल्क तिर्नुपर्ने


नया सडक

२०८१, मंसिर ९ आइतबार

  • 84
    Shares

  • सर्वसाधारणका लागि धरहरा खुला, २ सय शुल्क तिर्नुपर्ने

    काठमाडौं ।  आज (मंसिर ९ गते) देखि शुल्क तिरेर धरहरा चढ्न पाइने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आजदेखि धरहरा व्यवसायिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । यो सँगै अब धरहरा व्यवसायिक रुपमा खुला भएको हो । यसअघि परीक्षणका रुपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकिएको छ । 

     

    विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँ तिरे पुग्नेछ । यस्तै धरहरामा पार्किङ गर्दा चार पाँग्रेलाई प्रतिघण्टा २० र दुई पाँग्रेलाई १० रुपैयाँ तोकिएको छ । 

     

    यस्तै, सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार अनुसार सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रकालाई १ हजार रुपैयाँ शुल्क तोकिएको छ । सरकारले संविधान दिवसका अवसरमा गत ३ असोजदेखि परीक्षणका रुपमा धरहरालाई निःशुल्क गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस