Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पर्यटन आगमनमा वृद्धिबाट पर्यटन क्षेत्रमा उत्साह,चिनियाँ पर्यटकमा वृद्धि


नया सडक

२०८०, चैत १९ सोमबार

  • 537
    Shares

  • पर्यटन आगमनमा वृद्धिबाट पर्यटन क्षेत्रमा उत्साह,चिनियाँ पर्यटकमा वृद्धि

    काठमाडौं । पर्यटन आगमनमा वृद्धिबाट पर्यटन क्षेत्रमा उत्साह थपिदिएको छ ।  एक महिनामामै १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमणको  नेपाल पर्यटन बोर्डको आँकडाले जनाएको हो । बोर्डका अनुसार मार्च २०२४ मा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका हुन् ।

    चिनियाँ बढ्न थालेको र भारतीयको आगमन यथावत रहँदा पर्यटक आगमन उत्साह  देखिएको  छ । सन् २०२३ मार्चमा ९९ हजार ४ सय २६ पर्यटक आएका थिए । यस वर्ष गत वर्षको तुलनामा २८.९ प्रतिशतले पर्यटक आगमन बढेको हो ।

    नेपालमा पर्यटकीय मौसम फेब्रुअरीबाट सुरु भएर   मार्च र अप्रिलमा बढ्छ ।  वर्षायाम सुरु भएपछि आगमन केही कम हुने गर्छ ।

    बोर्डका अनुसार भारतबाट मार्चमा ३० हजार ६ सय ९८ आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा १८.५ प्रतिशत धेरै हो । चिनियाँ आगमन १२ हजार ९२ पुगेको छ । यो गत वर्ष सोही अवधिको दाँजोमा ३ सय ५८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष २ हजार ६ सय ३५ चिनियाँ पर्यटक आएका थिए ।

    तेस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट १० हजार ७ सय ६३ जना आएका छन् । बेलायतबाट ७ हजार २ सय ४१ आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

    श्रीलंकाबाट ५ हजार ७ सय ४१, जर्मनी ५ हजार २ सय ५५, थाइल्यान्डबाट ४ हजार ५ सय ६७, अस्ट्रेलिया ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार ३१ पर्यटक आएका छन् ।

    यस वर्ष फेब्रुअरीमा ९७ हजार ४ सय २६ र जनवरीमा ७९ हजार १ सय पर्यटक आएका छन् । यसअनुसार तीन महिनामा पर्यटक आगमन ३ लाख ४ हजार ६ सय ९३ पर्यटक आएका छन् । 

    प्रतिक्रिया दिनुहोस