Logo

May 24 2025 | २०८२, जेठ १०गते

May 24 2025 | २०८२, जेठ १०गते

images

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या घट्यो

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या घट्यो

  • काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या घटेको पाइएको छ । 

    गत साउनदेखि फागुन मसान्तसम्ममा चार लाख ६८ हजार १३५ जना नेपालीले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति  पुनः श्रम स्वीकृतिसहित लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

    विभागको तथ्याङ्क अनुसार गत साउनमा ५५ हजार ५७५ नेपालीले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएका थिए । यसमा   पुनः श्रम स्वीकृति लिएकाहरूको तथ्याङ्क समावेश छ ।

    यसैगरी   भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार, २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ र फागुनमा ६५ हजार ६५८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति तथ्यांकले देखाएको छ ।

    गत आर्थिक वर्षको साउददेखि फागुनसम्म ८ महिनामा पाँच लाख ४० हजार ६७५ जना नेपाली विदेश गएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा ७२ हजार ५४० जना घटी हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij