Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

चालु आवको फागुन मसान्तसम्ममा हवाई इन्धनको आयात चार गुना बढीले घट्यो ,अन्य इन्धनको आयातमा वृद्धि


नया सडक

२०८०, चैत २० मंगलबार

  • 588
    Shares

  • चालु आवको फागुन मसान्तसम्ममा हवाई इन्धनको आयात चार गुना बढीले घट्यो ,अन्य इन्धनको आयातमा वृद्धि

    काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा हवाई इन्धनको (एटीएफ) आयात चार गुना बढीले घटेको छ ।गत आव २०७९/८०को फागुन मसान्तसम्म ५ लाख ६४ हजार १सय ७ किलोलिटर आयात भएकोमा चालु आवमा  १ लाख २७ हजार ४सय ७६ किलोलिटर आयात भएको हो ।

    भन्सार विभागले सार्वजनिक प्रतिवेदनमा हवाई इन्धन आयातको परिमाण अनुसार घट्ने कारण आफूलाई थाहा नभएको जनाएको छ ।विभागका प्रवक्ता पुण्यविक्रम खड्काले विभागले तथ्यांक सार्वजनिक गर्ने हो यसको विश्लेषण गर्ने काम आफूहरूको नभएको नयाँ सडकसँगको कुराकानीमा बताए ।

    यसैगरी अन्य इन्धनहरूमा पेट्रोल, डिजेल र एलपीजी ग्यासको आयातमा वृद्धि भएको हो ।गत आव २०७९/८०मा पेट्रोलको भारतबाट ४ लाख ४१ हजार ८सय १९ किलो लिटर आयात भयो । सो परिमाणको भन्सार मूल्य ४४ अर्ब १५करोड ९९लाख १३ हजार तोकिएकोमा भन्सार राजस्व २३अर्ब ९८करोड १८लाख १७हजार प्राप्त भएको उल्लेख छ ।

    यसैगरी गत आवमा डिजेल ८लाख २० हजार ७सय ७० किलोलिटर आयात भएको थियो । भन्सार मूल्य ९ ८ अर्ब ९५करोड८२ लाख ५६हजार तोकिएकोमा  भन्सार राजस्व ३३ अर्ब ३४ करोड ३३लाख ३२ हजार प्राप्त भएको छ ।

    हवाई इन्धन भारतबाट ५लाख ६४हजार १सय ७ किलोलिटरको  भन्सार मूल्य १४ अर्ब ५१ करोड ७२लाख ४३ हजार तोकिएकोमा भन्सार राजस्व १अर्ब २७ करोड २९लाख ९५हजार प्राप्त भएको छ । यसैगरी गत आवमा खाना पकाउने ग्यास एलपीजी भारतबाट ३४करोड ०८लाख ५६हजार ८सय ०६ किलोग्राम आयात भएको थियो । त्यसको  भन्सार मूल्य ३८ अर्ब ७२ करोड ६० लाख ९३हजार ००० तोकिएकोमा भन्सार राजस्व ७ अर्ब २२करोड २५लाख ७६हजार प्राप्त भएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

    यस्तै चालु आव २०८०/८१को फागुन मसान्तसम्म  पेट्रोल भारतबाट ४ लाख ५०हजार ०५१ किलोलिटर आयात भएको छ । त्यसको  भन्सार मूल्य ४४ अर्ब ६३ करोड ६७ लाख ६८ हजार तोकी भन्सार राजस्व २५ अर्ब ७३ करोड ९० लाख २६ हजार असुल गरिएको छ ।

    सोही अवधिमा डिजेल भारतबाट ८ लाख ४३ हजार १ सय ७० किलोलिटर आयात भएको छ । भन्सार मूल्य ८८ अर्ब ८८ करोड ९३ लाख १२ हजार तोकी  भन्सार राजस्व ३४ अर्ब २४ करोड४ लाख ६१ हजार असुल गरिएको विभागले प्रतिवेदनमा जनाएको छ ।

    यस्तै चालु आवको फागुन मसान्तसम्म हवाई इन्धन  भारतबाट १लाख २७ हजार ४सय ७६ किलोलिटर आयात भएको छ ।  भन्सार मूल्य १३ अर्ब ७५ करोड २१ लाख ६१ हजार तोकी  भन्सार राजस्व १ अर्ब ९५ करोड ५३ लाख ६४ हजार प्राप्त भएको जनाइएको छ ।

    यस्तै खाना पकाउने ग्यास एलपीजी भारतबाट ३४ करोड ७२ लाख ३८ हजार ७ सय ८६ किलोग्राम आयात भएको छ । त्यसको  भन्सार मूल्य ३५अर्ब ८७ करोड ७० लाख ३६ हजार तोकी भन्सार राजस्व ६ अर्ब ६९करोड २५ लाख १३ हजार प्राप्त भएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस