काठमाडौँ । आज नेप्से परिसूचक १ दशमलव ८५ अङ्कले घटेको छ । आज २ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ६ वटा समूह सकारात्मक रहेको छ ।
यस दिन ३१२ कम्पनीको ६१ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६१ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । करिब १५ करोड रुपैयाँसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सर्वोत्तम सिमेन्ट्स र तारागाउँ रिजेन्सी होटेल परेका छन् ।