Logo

Jun 26 2025 | २०८२, असार १२गते

Jun 26 2025 | २०८२, असार १२गते

images

नेपालमा लगानी गर्न स्विट्जरल्यान्डलाई आग्रह, लगानी सम्मेलनमा सक्रिय सहभागिता जनाउन अनुरोध

नेपालमा लगानी गर्न स्विट्जरल्यान्डलाई आग्रह, लगानी सम्मेलनमा सक्रिय सहभागिता जनाउन अनुरोध

  • काठमाडौं । स्विट्जरल्यान्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरिएको छ ।आगामी महिना आयोजना हुन लागेको लगानी सम्मेलनमा सक्रिय सहभागिताको आग्रह गर्दै सरकारको तर्फबाट स्विट्जरल्यान्डलाई यस्तो आग्रह गरिएको हो ।

    नेपाल–स्विट्जरल्यान्ड परामर्श संयन्त्रको बेर्नमा सम्पन्न भएको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले यस्तो भनेकोे जेनेभास्थित नेपाली दूतावासले जानकारी सार्वजनिक गरेको छ ।

    सो बैठकमा दुई देशबीचका सम्बन्ध र त्यससँग जोडिएका आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानवअधिकार तथा जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका समसामयिक विषयहरूमा दुई देशका अधिकारीहरूबीच  विचारविमर्श भएको थियो ।

    स्वीस सरकारका प्रतिनिधि हेनरिच सेलेनवर्गले नेपालको विकास प्रयासमा स्विस सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पारस्परिक सहायताका सम्बन्धमा छलफल गर्न सन् २०१५ मा स्थापना भएको सो संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौंमा गरिने समझदारी बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij