Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत आयात गर्ने


नया सडक

२०८०, चैत २१ बुधबार

  • 495
    Shares

  • भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत आयात गर्ने

    हनोई । औद्योगिक विकासमा तिब्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको छ ।

    भियतनामको राष्ट्रिय विद्युत विकास मार्गचित्रमा सन् २०२१–२०३० सम्ममा लाओसबाट विद्युत आयात गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ ।

    भियतनामी न्यूज एजेन्सीका अनुसार विद्युतको दर र उपयुक्त वातावरण सिर्जना भए भियतनामले आठ हजार मेगावाटसम्म विद्युत आयात गर्नेछ ।

    पछिल्ला वर्षहरुमा भियतनामका मध्य र दक्षिणी क्षेत्रहरुमा विद्युत माग तिब्र रुपमा बढेको छ । 

    सन् २०३० सम्ममा भियतनामले हावा, बायोमास समेतका नवीकरणीय विधिबाट २९ हजार मेगावाट विद्युत उत्पादन गर्नेछ । साथै फोहोर प्रशोधनबाट एक हजार १८२ मेगावाट र सर्वसाधारणका घरहरुमा जडान गरिएका सोलार प्यानलबाट एक हजार ८८ मेगावाट विद्युत उत्पादन पनि हुने गरेको छ । 

    प्रतिक्रिया दिनुहोस