Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

बोर्डको निर्णय गर्ने अधिकार  दिएर राष्ट्र बैंकले गभर्नरलाई बनायो शक्तिशाली


नया सडक

२०८०, चैत २१ बुधबार

  • 681
    Shares

  • बोर्डको निर्णय गर्ने अधिकार  दिएर राष्ट्र बैंकले गभर्नरलाई बनायो शक्तिशाली

    काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नरलाई थप शक्तिशाली बनाउने निर्णय गरेको छ ।‘नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४मा संशोधन गरी  गभर्नरलाई थप शक्तिशाली बनाइएको हो ।

    राष्ट्र बैंकले कुनै बैंक तथा वित्तीय संस्थाको कारवाही बाधा अड्काउ फुकाउमा गभर्नरको आदेशले नै कार्यान्वयनमा लैजान सकिने व्यवस्था गरी सो विनियमावली संशोधन गरिएको छ । सो संशोति विनियमावलीको परिच्छेद ९ को दफा ४७ मा थपिएको छ, ‘यस विनियमावलीमा लेखिएका कुनै कुरा कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा गभर्नरले बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ ।’ सोही दफाको उपदफा (१) मा उल्लेख छ, ‘बाधा अड्काउ फुकाउने आदेश जारी गर्दा सोको कारण र औचित्य समेत खुलाउनु पर्नेछ ।’

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८४ को उप–दफा (१) को प्रयोजनको लागि दफा ११० को उप–दफा (२) को खण्ड (झ) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले यो नयाँ व्यवस्था लागू गरेको हो । विगतमा यस्तो कार्यका लागि राष्ट्र बैंकको सञ्चालक समितिको निर्णय आवश्यक हुने प्रावधान थियो ।

    यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी विषयको विशेष निरीक्षण प्रतिवेदन, गैर–स्थलगत सुपरिवेक्षण एकाइले तयार गरेको वार्षिक प्रतिवेदन, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी विषयको कार्यान्वयन प्रतिवेदन, महाशाखाको प्रतिवेदन कार्यान्वयन एकाइले तयार गरेको वार्षिक प्रतिवेदन, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले तयार गरेको प्रतिवेदनको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, विशेष निरीक्षण प्रतिवेदन र गैर–स्थलगत सुपरिवेक्षण एकाइले तयार गरेका वार्षिक प्रतिवेदनलाई पनि गभर्नरले स्वीकृतिका लागि अख्तियारी दिन सक्ने व्यवस्था गरिएको छ ।

    विनियमावलीको परिच्छेद १ को (न)मा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा स्थापनाको विषयबारे उल्लेख छ । परिच्छेद २ को दफा ५ को (ख) मा वित्तीय बजार आचरणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षणको व्यवस्था थप गरिएको छ । ‘वित्तीय समावेशिता, वित्तीय साक्षरता, बजार आचरण तथा वित्तीय ग्राहक संरक्षणसम्बन्धी विषयको निरीक्षण तथा सुपरिवेक्षणको कार्य तोकिएको कार्य विवरण र कार्यविधिको अधिनमा रही वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले गर्नेछ, साथै उक्त कार्यको लागि महाशाखाले छुट्टै कार्यविधि बनाई लागू गर्न सक्नेछ, महाशाखाले प्रुडेन्सियल सपरभिजनसँग जोडिएका विषयमा सम्बन्धित सुपरिवेक्षण विभागसँग समन्वय गर्नेछ,’ भनी संशोधित विनिवमावलीको परिच्छेद १ को (न) मा भनिएको छ ।

    परिच्छेद ७ को दफा ३३ को उपदफा ३ मा सम्बन्धित सुपरिवेक्षण विभाग हेर्ने डेपुटी गभर्नर नतोकिएको अवस्थामा वरिष्ठतम् डेपुटी गभर्नरले समितिको अध्यक्षता गर्ने व्यवस्था राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस