Logo

Aug 19 2025 | २०८२, भदौ ३गते

Aug 19 2025 | २०८२, भदौ ३गते

images

सहकारी ठगीमा आरोपित उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने पत्नी निवर्तमान उपाध्यक्ष रहेको सहकारीमा महानगरको छापा

सहकारी ठगीमा आरोपित उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने पत्नी निवर्तमान उपाध्यक्ष रहेको सहकारीमा महानगरको छापा

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको एक सहकारीमा छापा मारेको छ ।गृहमन्त्री लामिछानेकी पत्नी पौडेल साई स्वागत बचत तथा ऋण सहकारीकी निवर्तमान उपाध्यक्ष हुन् ।

    महानगरपालिकाको सहकारी विभागले  सो सहकारीमा बुधबार छापा मारेको हो ।सदनमा कांग्रेसले सहकारी ठगीमा आरोपित लामिछानेको पदबाट राजीनामा मागिरहेको बेला यो छापा प्रकरण सार्वजनिक भएको हो ।

    महानगरका कर्मचारीहरूले उजुरीका आधारमा सहकारीहरूको सूची तयार गरेको छ । यो सहकारी पनि सोही सूचीमा परेको छ ।महानगरले बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण समेत लगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij