Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

अनुदानमा कृषकलाई गोलासहितको मौरीघार


नया सडक

२०८०, चैत २२ बिहीबार

  • 378
    Shares

  • अनुदानमा कृषकलाई गोलासहितको मौरीघार

    त्रिवेणी (रुकुमपश्चिम), ।  कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरी घार वितरण गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को विनियोजित बजेटबाट ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको हो ।

    images

    जिल्लाका त्रिवेणी, सानीभेरी गाउँपालिका तथा मुसीकोट नगरपालिकाका ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको कृषि विकास कार्यालय रुकुमपश्चिमका प्राविधिक सहायक महेश चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक कृषकलाई एक÷एक वटाका दरले गोलासहितको मौरी घार वितरण गरिएको हो । साथै टोपी, कुइँगेट र पञ्जा ७०÷७० वटा वितरण गरिएको छ ।

    कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कृषकलाई मौरी घारसहित अन्य सामग्री वितरण गरिएको प्राविधिक सहायक चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार गोलासहितको घारलाई रु नौ हजार परेकामा चार हजार पाँच सय अर्थात् ५० प्रतिशत कृषकको लगानी रहेको छ । आठबिसकोट नगरपालिका–११ डाँडागाउँबाट गोलासहितको मौरी घार ल्याएर कृषकलाई वितरण गर्न लागिएको हो । बाँकी छुटेका ४० जना कृषकलाई केही दिनमा सल्यानबाट मौरी घार ल्याएर वितरण गरिने प्राविधिक सहायक चन्दले बताउनुभयो । अनुदानमा कृषकलाई मौरी घार वितरण गर्न कृषि विकास कार्यालयले पाँच लाख बजेट विजियोजन गरेको जनाएको छ । (रासस)
    --

    प्रतिक्रिया दिनुहोस