Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : नेप्से परिसूचक २ दशमलव ७३ अङ्कले घट्यो , ३ अर्बको कारोबार


नया सडक

२०८०, चैत २२ बिहीबार

  • 657
    Shares

  • शेयर बजार : नेप्से परिसूचक २ दशमलव ७३ अङ्कले घट्यो , ३ अर्बको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक २ दशमलव ७३ अङ्कले घटेको छ । आज  ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यस दिन  ५ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म वृद्धि भएको छ ।आज १३ मध्ये ५ वटा समूहको सूचक बढेका छन् ।
    यस दिन ३०२ कम्पनीको ६९ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड ३२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सर्वोत्तम सिमेन्ट्स परेका छन् । 

    प्रतिक्रिया दिनुहोस