Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

भारतको औषधि कम्पनीमा विस्फोट हुँदा पाँचको मृत्यु

भारतको औषधि कम्पनीमा विस्फोट हुँदा पाँचको मृत्यु

  • नयाँदिल्ली ।दक्षिणी भारतीय राज्य तेलङ्गनाको एक औषधि कम्पनीमा बिस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको बिहीबार प्रहरीले जनाएको छ ।

     प्रहरीका अनुसार तेलङ्गना राज्यको सङ्गारेड्डी जिल्ला चन्दापुर गाउँस्थित कम्पनीभित्र बुधबार साँझ बिस्फोट भएको थियो ।

    बुधबार साँझ चन्दापुर गाउँको औषधि कम्पनी एसबी अर्गानिक्स प्राइभेट लिमिटेडमा बिस्फोट भई आगलागी हुँदा औषधि कम्पनीका सह–निर्देशक सहित पाँच जना कर्मचारीको मृत्यु भएको तथा अन्य १६ जना घाइते भएको प्रहरी अधिकारीले बताएका छन् । 

    घटनापछि आगलागी नियन्त्रणमा लिन अग्नि नियन्त्रक र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए भने घाइतेहरूलाई अस्पताल पु–याइएको थियो । 

    प्रारम्भिक अनुसन्धानले कारखानाभित्रको केमिकल रिएक्टर बिस्फोट भई आगलागी भएको अनुमान गरिएकोे छ ।

     प्रहरीका अनुसार बिस्फोटको प्रभावले औद्योगिक परिसरको एउटा भवन ढलेको थियो । भारतमा औद्योगिक सुरक्षा मापदण्ड पालनामा बेवास्ता गर्नेक्रम बढेसँगै कारखानामा बिस्फोटका घटना बढ्न थालेको पाइएको छ ।सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij