Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

चालु आवको आठ महिना फागुन मसान्तसम्म  रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढ्यो


नया सडक

२०८०, चैत २२ बिहीबार

  • 741
    Shares

  • चालु आवको आठ महिना फागुन मसान्तसम्म  रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्ष (आव)को सुरुको आठ महिना फागुन मसान्तसम्म  रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको आर्थिक तथा वित्तीय स्थितीमा यस्तो देखिएको हो ।  

    उक्त तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भई रु.९६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो ।  

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । 

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२ हजार ५५९ रहेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई रु.१०४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।

    प्रतिक्रिया दिनुहोस