काठमाडौं । ३३ किलो सुन प्रकरणमा समेत मुछिएका चर्चित व्यवसायी विमल पोद्दारका पूर्व पार्टनर मालचन्द अग्रवाल काठमाडौंमै छन् । विभिन्न व्यवसायमा संलग्न रहेका मालचन्द अग्रवाल व्यवसायी विमल पोद्दारका पुराना र लामोसमयसँगै काम गरेका पार्टनर हुन् ।
समाचार स्रोतका अनुसार व्यवसायी मालचन्द अग्रवालले अहिले हार्डवेयर पसल तथा अन्य व्यवसायिक फर्महरूमा लगानी गरेका छन् । यसको अलावा मालचन्दले अन्य काम समेत गर्दै आएका छन् । मालचन्दले आफूलाई विमल पोद्दारले सुरुमै अन्यायपूर्ण तरिकाले निकालिदिएको बताएका छन् ।