Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

मुलुकको व्यापार घाटा नौ खर्ब २९ अर्ब


नया सडक

२०८०, चैत २२ बिहीबार

  • 762
    Shares

  • मुलुकको व्यापार घाटा नौ खर्ब २९ अर्ब
    फाइल फोटो


    काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनाको अवधिमा रु १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार कूल आयातमा दुई दशमलव सात प्रतिशतले कमी आएको छ ।


    अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९ दशमलव १ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः दुई दशमलव आठ  प्रतिशत र २२ दशमलव नौ प्रतिशतले घटेको छ । यस्तै चीनबाट भएको आयात ३३ दशमलव सात प्रतिशतले बढेको छ ।


    सो अवधिमा स्पेयर पार्टपुर्जा, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, धान, चामल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । 


    आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । चालु आवको आठ महिनामा कुल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले कमी आइ रु नौ खर्ब २९ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७ दशमलव नौ प्रतिशतले घटेको थियो ।


    समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ९८ अर्ब २९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु ८५ अर्ब १२ करोड बराबरको भएको थियो  । रासस

    प्रतिक्रिया दिनुहोस