काठमाडौं । बैंकहरूले सरकारबाट पाउनुपर्ने १२ अर्ब भुक्तानी नपाएको पाइएको छ । सरकारले ल्याएको सहुलियतपूर्ण ऋणको ब्याज अनुदान वापतको रकम बैंकहरुले ग्राहकलाई दिएका थिए ।
बैंकहरूले दिइसकेको ठूलो राशीको रकम सरकारले हालसम्म पनि दिएको छैन । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघका अनुसार १२ अर्ब भन्दा बढी रकम बैंकहरूले पाउन बाँकी छ ।संघका अध्यक्ष सुनिल केसीले यसबारे अर्थमन्त्रालयलाई जानकारी गराइसकेको बताए । तर लामो समयसम्म पनि बैंकहरूले भुक्तानी पाउन बाँकी रहेको अध्यक्ष केसीको गुनासो छ । उनले तत्कालै भुक्तानी दिन सरकारसँग अनुरोध समेत गरेका छन् ।