Logo

May 15 2024 | २०८१, जेठ २गते

images

वैशाख १ गतेदेखि ठमेल र दरवारमार्गका व्यवसाय २४ सै घण्टा सञ्चालन हुने , रात्रिकालिन यातायात पनि सञ्चालनको तयारी


२०८०, चैत २३ शुक्रबार

  • 663
    Shares

  • वैशाख १ गतेदेखि ठमेल र दरवारमार्गका व्यवसाय २४ सै घण्टा सञ्चालन हुने , रात्रिकालिन यातायात पनि सञ्चालनको तयारी

    काठमाडौं । वैशाख १ गतेदेखि ठमेल र दरवारमार्गका व्यवसाय २४ सै घण्टा सञ्चालन हुने भएका छन । सरकारले काठमाडौंको ठमेल र दरवारमार्गका व्यवसाय २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरिरहेको हो । व्यवसाय २४ सै घण्टा खुल्ने भएपछी प्रशासनले यातायात व्यवसायीसँग काठमाडौंमा कसरी रात्रिकालिन यातायात चलाउन सकिन्छ भनेर छलफल गरेको छ ।

    images

    छलफलमा बस व्यवसायी र ट्याक्सी व्यवसायीको सहभागिता रहेको थियो । व्यवसायीहरुले अहिलेको भाडाभन्दा रात्रिकालिन व्यवसायमा ३ गुणा वृद्धि गर्न माग गरेका छन् भने, अनुदानमा आएका साझा यातायातको बस सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । व्यवसायीले ठमेल र दरवारमार्गमा मात्रै नभएर काठमाडौंका ९ वटा रुटमा रात्रिकालिन यातायात सञ्चालन गर्न पर्ने सुझाव दिएका छन् ।

    सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचि भरत नेपालले आज रात्रिकालिन सब र ट्याक्सी सञ्चालनका विषयमा काठमाडौं जिल्ला प्रशासनसँग छलफल भएको बताए ।

    उनले भने, ‘हामीले यात्रिकालिन यातायात सञ्चालनको लागि अहिलेको भाडाभन्दा ३ गुणा वृद्धि गर्न भनेका छौं । अहिले १० रुपैयाँ भाडाभएको ठाउँमा ३० रुपैयाँ भनेको हो । अनुदानमा आएका साझाका सब सञ्चालन गर्दा उपयुक्त हुने भनेर सुझाव दिएका छौं । भने, काठमाडौंका विभिन्न ९ वटा रुटमा रात्रिकालिन बस सञ्चालन गर्न पर्छ भनेर भनेका छौं ।’

    वैशाख १ गतेदेखि यात्रिकालिन २४ सै घण्टा सञ्चालन हुने र त्यही दिनदेखि यात्रिकालिन सब सञ्चालनका लागि छलफल सुरु भएको हो ।
    वैशाख १ गतेबाट बस चलाउन पर्ने कुरा जिल्ला प्रशासनले भनेको नेपालले बताए ।

    सरकारले रात्रिकालिन व्यवसायसँगै वैशाख १ गतेबाट ठमेल र दरवारमार्गको व्यवसायहरु २४ सै घण्टा खुलाउने तयारी गरिरहेको छ । यातायात व्यवसायी, पर्यटन व्यवसायी र प्रहरीसँग जिल्ला प्रशासनले छलफल गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस