Logo

Apr 30 2025 | २०८२, वैशाख १८गते

Apr 30 2025 | २०८२, वैशाख १८गते

images

चीनको औद्योगिक अनुदानले विश्व अर्थतन्त्रलाई जोखिम : येलेन

चीनको औद्योगिक अनुदानले विश्व अर्थतन्त्रलाई जोखिम : येलेन

  • गान्झाओ ।बेइजिङले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी चीन भ्रमणका क्रममा रहनुभएका अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले शुक्रबार बताउनुभएको छ ।

    एक वर्षभन्दा कम समयको अन्तरालमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भ्रमणका क्रममा चिनियाँ अधिकारीसँग भेट्ने क्रममा येलेन बिहीबार ग्वाङ्झाओ आइपुग्नुभएको छ । 

    उहाँले भन्नुभयो, “चीनको अत्यधिक निर्यात क्षमता र उद्योगमा यसले दिएको ठूलो अनुदानले विश्व बजारमा आर्थिक समस्या ल्याउने वस्तुहरूको अधिकता सिर्जना गर्ने जोखिम निम्त्याउँछ र यसले अमेरिकी र अन्य देशका फर्महरूलाई कमजोर पार्छ ।”

    “चीनको घरेलु मागभन्दा उल्लेखनीय रूपमा बढी छ । विश्व बजारले के सहन सक्छ भन्नेमा जिम्मेवार मुलुकले सोच्नुपर्छ । चीनको प्रत्यक्ष र अप्रत्यक्ष सरकारी सहयोगले हाल अत्यधिक उत्पादन क्षमतातर्फ डो¥याइरहेको छ ।”

    उहाँले भन्नुभयो, “क्षमताभन्दा बढी क्षमताका कारण ठूलो परिमाणमा निर्यात हुन सक्छ ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij