Logo

May 15 2024 | २०८१, जेठ २गते

images

बंगलादेशसँगको व्यापार घाटा कम गर्ने उपाय कार्यान्वयनमा ल्याउन आवश्यक, निरन्तर व्यापार घाटा बढ्दै


नया सडक

२०८०, चैत २३ शुक्रबार

  • 351
    Shares

  • बंगलादेशसँगको व्यापार घाटा कम गर्ने उपाय कार्यान्वयनमा ल्याउन आवश्यक, निरन्तर व्यापार घाटा बढ्दै

    काठमाडौं । नेपाल बंगलादेशबीचको व्यापार घाटा घटाउने योजना तत्काल बनाइ कार्यान्वयनमा जानपर्ने आवश्यकता सरोकारवालाहरूले औँल्याएका छन् ।नेपालको भारत र चीनसँगको प्रत्येक वर्ष खबौंको व्यापार घाटा भइरहेको बेलामा बंगलादेशसँगको व्यापार घाटा सोही स्तरमा पुग्न थालेको स्थितिबारे सरोकारवालाले चिन्ता व्यक्त गर्दै यस्तो बताएका हुन् ।नेपालबाट बंगलादेशमा अलैंची, अदुवा र फलफूल माग उच्च भए पनि झन्झटिलो भन्सार नीतिले ती वस्तु पठाउन नसकिएको हो ।

    images

    नेपाल बंगलादेशबीचको व्यापारसम्बन्धको अध्ययन गरिरहेकाहरूका अनुसार बंगलादेशमा गहुँ र दाल बढी निर्यात हुने गर्छ । यो नेपालको पक्षमा व्यापार भएपनि पालको बंगलादेशतर्फको निर्यात घट्दै गएको छ । यस्तै  बंगलादेशमा मुसुरो निर्यात घटेकाले व्यापार घाटा बढेकोे एजेन्ट संघका 
    नेपालले प्लाउड निर्यातलाई बंगलादेशमा सोझै पठाउन सके व्यापार घटा घटाउन सकिने विश्वास उनीहरूको छ । नेपाली प्लाइउड भारततर्फ निर्यात हुने र त्यही प्लाइउड ८० देखि ९० प्रतिशत भारतबाट बंगलादेश निर्यात हुने भएकाको छ । नेपालले सोझै प्लाइउड बंगलादेश पठाउन सके व्यापार घाटा कम हुने विज्ञहरू बताउँछन् ।

    नेपालको पूर्वी नाका काँकडभिट्टा भएर करिब ५४ किलो मिटरको दूरी पार गर्दा बंगलादेशको व्यापारिक नाका बंगलाबन्द पुगिने र बंगलादेशसँगको व्यापारका लागि यो मार्ग नै सबैभन्दा छोटो  हो । कोलकत्ता –हल्दिया बन्दरगाहको विकल्पमा बंगलादेशको बंगलाबन्द बन्दरगाह हुने सोचिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका पदाधिकारीहरूका अनुसार सरकारले निर्यात बढाउने नीति र योजना बनाएर काम गर्न सके नेपालको पूर्वी नाका काँकडभिट्टा भएर हुने नेपाल र बंगलादेशबीचको द्विपक्षीय व्यापार घाटा कम गर्न सकिने  छ ।

    नेपालको पूर्वी नाका काँकडभिट्टा भएर हुने नेपाल र बंगलादेशबीचको द्विपक्षीय व्यापार घाटा वृद्धि भएको छ । आर्थिक वर्ष २०५४/५५ बाट नेपाल–बंगलादेशबीचको द्विपक्षीय व्यापार सुरु भएको थियो । चालु आर्थिक वर्ष २०८०/८१ मा पनि घाटामा गएको हो । २०५४ साल भदौ १४ गतेदेखि नेपालको पूर्वी नाका काँकडभिट्टा भएर नेपालले बंगलादेशसँग औपचारिक व्यापार सुरु गरेको थियो ।
    व्यापार सुरु भएको पहिलो र दोस्रो वर्ष बंगलादेशको पक्षमा रहेको व्यापार आर्थिक वर्ष ०५६/५७ मा नाफामा देखिएको थियो । तर त्यसपछि नेपालले लगातार व्यापार घाटा व्यहोरिरहेको छ । नेपालको पूर्वी नाका काँकडभिट्टा भएर चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्म नेपाल र बंगलादेशबीचको द्विपक्षीय व्यापार ९४ प्रतिशत घाटा भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका भन्सार अधिकारीहरू बताउँछन् ।

    काँकडभिट्टा भएर चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्मको आठ महिनामा  बंगलादेशबाट साढे दुई अर्बभन्दा बढीको सामान आयात भयो । नेपालबाट  सोही अवधिमा १६ करोड रुपैयाँ बढीको सामान निर्यात भयो । चालु आवको आठ महिनाको अवधिमा २ अर्ब ४३ करोड रुपैयाँबराबरको व्यापार घाटा भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० को साउनदेखि फागुनसम्म नेपालको पूर्वी नाका काँकडभिट्टा भएर हुने नेपाल र बंगलादेशबीचको द्विपक्षीय व्यापारमा नेपालले ९२ प्रतिशत व्यापार घाटा व्यहोरेको थियो । 

    बंगलादेशको राजधानी ढाकामा भएको नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय बैठकले नेपालका कृषिजन्य उत्पादनसहित १०८ वटा वस्तुलाई ‘ड्युटी फ्री’ सुविधा दिने निर्णय गरेको भएपनि त्यो कार्यान्वयनको स्तरमा आउन नसकेकोले पनि बंगलादेशसँग  बर्षेनी व्यापार घाटा सहनु परेको छ।काँकडभिट्टा भएर बंगलादेशबाट कटन वेस्ट, औषधि, फेब्रिक, जुट, चिनी, दूध पाउडर, सोया, आलुलगायत करिब तीन दर्जन वस्तु आयात हुने र नेपालले बंगलादेशमा मुसुरो, जडीबुटी, अदुवा, तोरीको पिना, तरकारीजन्य वस्तु निर्यात गर्दै आएको छ ।भुटानका मालवस्तु सरह नेपाली वस्तुलाई पनि ड्युटी छुट गर्न दिने हो भने निर्यात व्यापार बढ्ने र नेपालको घाटा व्यापार कम हुने मेची भन्सारका पदाधिकारी र व्यापारीहरूको बुझाइ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस