Logo

May 17 2024 | २०८१, जेठ ४गते

images

सुनसरीमा गोली र अश्रुग्यास प्रहार, तनाव कम गर्न अनिश्चितकालीन निषेधाज्ञा जारी


नया सडक

२०८०, चैत २३ शुक्रबार

  • 363
    Shares

  • सुनसरीमा गोली र अश्रुग्यास प्रहार, तनाव कम गर्न अनिश्चितकालीन निषेधाज्ञा जारी

    काठमाडौं । प्रहरीले  सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि ६ राउण्ड हवाइ फायर गरेको छ ।हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन  ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ ।

    images

    दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको बताए ।

    उनका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।

    प्रतिक्रिया दिनुहोस