Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

सुदुरपश्चिम सरकार गठन गर्न १० दिनको समय

सुदुरपश्चिम सरकार गठन गर्न १० दिनको समय

  • काठमाडौं ।  सुदुरपश्चिम सरकार गठन गर्न त्यहाँका राजनीतिक दललाई १० दिनको समय  दिइएको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले १० दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेका हुन्  ।

    प्रदेश प्रमुख मियाँले यो आह्वान शुक्रबार विज्ञप्ति जारी  यो आह्वान गरेका छन् ।  जारी गरिएको विज्ञप्तिमा   संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई आगामी वैशाख २ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको छ ।

    यसअघि संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएकाले बहुमत नपुग्ने अवस्था भएपछि बिहीबार राजीनामा दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij