Logo

May 17 2024 | २०८१, जेठ ४गते

images

प्रधानमन्त्री प्रचण्ड आज  चितवन जाने


नया सडक

२०८०, चैत २५ आइतबार

  • 276
    Shares

  • प्रधानमन्त्री  प्रचण्ड आज  चितवन जाने

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज  चितवन जान लागेका छन् । भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन जान  लागेका हुन् ।बिहान ११ बजे प्रधानमन्त्री चितवन पुग्ने कार्यक्रम रहेको छ ।

    images

    यसैगरी   प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुर-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।आज दिउँसो ४ बजे उनले प्रतियोगिताको उद्घाटन गर्ने जनाइएको छ ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालले चितवनमा हजारौं खेलाडीको सहभागिता रहने गरी पहिलो  अन्तर प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिइन् ।

    भरतपुर भ्रमण वर्षलाई प्रबर्द्धन गर्नका लागि यस्ता प्रतियोगिताविभिन्न संघसंगठनका भेलामहाधिवेशन जस्ता कार्यक्रमहरु भरतपुरमा आयोजना भैरहेको उनले बताइन् ।

     

    प्रतिक्रिया दिनुहोस