Logo

May 17 2024 | २०८१, जेठ ४गते

images

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका गरिबको गणना सुरु ग-यो


नया सडक

२०८०, चैत २५ आइतबार

  • 285
    Shares

  • काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका गरिबको गणना सुरु ग-यो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका गरिबको गणना सुरु  गरेको छ । काठमाडौं महानगरपालिका भित्रका  गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार गरिब घरपरिवार गणना गर्न लागिएको हो ।

    images

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गणेशप्रसाद भट्टका अनुसार सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको छ ।  १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ । बाँकी १३ जिल्लाका काठमाडौं महानगर बाहेक सबै पालिकामा गरिब घरपरिवारको गणना सम्पन्न भइसकेको छ । काठमाडौं महानगरपालिकाभित्र गणना सकिएपछि देशभर नै गरिब परिवारको गणना सम्पन्न हुने छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता भट्टले काठमाडौं महानगरपालिकाले गरिब घरपरिवारको गणना गर्ने र त्यो तथ्यांक प्रोसेसिङको काम मन्त्रालयले गर्ने छ ।

    गरिब तथ्याङ्क संकलनको काम २०७० सालमा २३ वटा जिल्लाबाट सुरु गरिएको थियो । हरेक ५ वर्षमा गरिब परिचय पत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म कसैको पनि नवीकरण गरिएको छैन ।

    काठमाडौं महानगरपालिकाभित्र गरिब पहिचान गर्न २०९ जना गणक र २१ जना सुपरिवेक्षक खटिएका छन् ।सबैभन्दा धेरै गणक वडा नं. १६ र ३२ मा २१/२१ जना खटाइएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस