Logo

May 15 2024 | २०८१, जेठ २गते

images

सूचना तथा सञ्चार मन्त्रालय भ्रष्टाचारको अखाडा


नया सडक

२०८०, चैत २५ आइतबार

  • 255
    Shares

  • सूचना तथा सञ्चार मन्त्रालय भ्रष्टाचारको अखाडा

    काठमाडौं ।  सूचना तथा सञ्चार मन्त्रालय भ्रष्टाचारको अखाडा बनेको छ । प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले   यस्तो बताएकी हुन् ।

    images

    सञ्चार मन्त्रालय आम सञ्चार क्षेत्रको मन्त्रालय हो यसमा धेरै निकाय रहेका छन्  । थुप्रै ठाउँमा अनियमितता भएको पाइएको छ ।

    धेरै माथि मुद्दा चलाइएको भन्दै मन्त्री शर्माले   सञ्चार मन्त्रालय सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढेको बताइन् । 

    मिडिया काउन्सिल विधेयक पेस भएको बताउँदै उनले रेडियो नेपाल र नेपाल टेलिभिजन गाभ्ने गरी प्रसारण ऐन बनाउने काम भइरहेको बताइन् ।

    सामाजिक सञ्जालको नियमन गर्ने नीति बनाउने काम भइरहेको बताउँदै मन्त्री शर्माले आम सञ्चार ऐन कानुन मन्त्रालयमा गएको र त्यहाँबाट मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिइन् । 

    प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलले प्रेस सेन्टरको पदाधिकारी बैठक र पत्रकारहरूको अवस्था बारेमा धारणा राखेका थिए । 

    प्रतिक्रिया दिनुहोस