Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

शेयर बजार : नेप्से परिसूचक २२ दशमलव ७५ अङ्कले बढ्यो  , ४ अर्ब २५ करोडको कारोबार


नया सडक

२०८०, चैत २५ आइतबार

  • 768
    Shares

  • शेयर बजार : नेप्से परिसूचक २२ दशमलव ७५ अङ्कले बढ्यो  , ४ अर्ब २५ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक २२ दशमलव ७५ अङ्कले बढेको छ ।  आज ४ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज ५ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।यस दिन २ वटा बाहेक बाँकी सबै समूहका सूचकमा वृद्धि भएको छ ।यस दिन ३ सय ११ कम्पनीको १ करोड १२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९५ करोड २० लाख रुपैयाँको कारोबारसहित नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र सूर्यज्योति लाइफ इन्सुरेन्स परेका छन् । 

    प्रतिक्रिया दिनुहोस