Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री महरासहित मन्त्रीको शपथ


नया सडक

२०८०, चैत २५ आइतबार

  • 489
    Shares

  • लुम्बिनी प्रदेशमा मुख्यमन्त्री महरासहित मन्त्रीको शपथ

    लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई शपथ गराउनुभएको हो । 

    प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त मुख्यमन्त्री महरा लुम्बनीको पाँचाँै मुख्यमन्त्री बन्नुभएको छ । 

    यसअघि मुख्यमन्त्री पदबाट डिल्लीबहादुर चौधरीले चैत २२ गते प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेपछि नेकपा ९एमाले०सहित पाँच दल र एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४८ जनाको समर्थनमा महराले यही चैत २३ गते प्रदेश प्रमुख समक्ष सरकार गठनको दाबी प्रस्तुत गर्नुभएको थियो । 

    यस्तै, मुख्यमन्त्री महराले आजै सानो मन्त्रिमण्डल पनि गठन गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रका दीपेन्द्रबहादुर पुन र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई बिना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुलाई सोही समारोहमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १७२ बमोजिम पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ । रासस

    प्रतिक्रिया दिनुहोस