Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर भट्टराईविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर


नया सडक

२०८०, चैत २५ आइतबार

  • 492
    Shares

  • लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर भट्टराईविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

     

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

     

    आयोगका अनुसार भट्टराईले घुसवापत भक्त्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग रु ८० लाख घुस मागेको र सो रकम जग्गा बिक्रेताको खातामा जम्मा गर्न लगाएको पाइएको छ । आयोगले प्रमुख इञ्जिनियर सरोजले आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गरेको आरोप लगाएको छ । 

     

    आयोगले छोरा सरोज र आमा जनकनन्दनी भट्टराई दुवैलाई आरोप लगाउँदै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । आरोपी दुवैलाई बिगो बमोजिम कारवाहीको माग गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।रासस

     

    प्रतिक्रिया दिनुहोस