भैरहवा । राजस्व अनुसन्धान कार्यालय बुटवल चोरी तस्करी नियन्त्रण र राजस्व छली रोक्न सक्रिय भएको छ ।राजस्व अनुसन्धान कार्यालय बुटबल पछिल्लो समय विभिन्न माध्यमबाट हुँदै आएको चोरी तस्करी र राजस्व छली नियन्त्रण गर्न सक्रिय देखिएको हो ।
राजस्व अनुसन्धान कार्यालय बुटवलको कमान्ड विवेक घिमिरेले सम्हालेयता दुई महिनामा विदेशी विनिमय तर्फ १ करोड तीन लाख धरौटी जम्मा गरिएको छ ।विभिन्न समयमा बरामद गरिएको भारतीय रुपैयाँ र विदेशी मुद्रा अपचलन गर्ने व्यक्तिहरूबाट उक्त रकम धरौटी राखिएको हो ।
राजस्व अनुसन्धान कार्यालय बुटबलले दुई महिनाको अवधिमा २१ लाख ६० हजार भारतीय रुपैया बरामद गरेको थियो । राजस्व अनुसन्धान कार्यालय बुटबलले दुई महिनाको अवधिमा एक हजार एक सय त्रिचालीस बोरा चोरी तस्करी गरेर ल्याएको र भण्डारण गरिएको चिनी बरामद गरेको छ । यो गत हप्ता चोरी तस्करी गरेर भित्र्याउँदै गरेको दुई सय चालीस बोरा चिनी (प्रतिबोरा ५० केजी ) सहित हो । राजस्व अनुसन्धान कार्यालय बुटवले चोरी तस्करी नियन्त्रणका लागि गश्ती र सूचना संकलनलाई समेत तीव्र बनाएको छ ।
अन्य गतिविधिमा राजस्व अनुसन्धान कार्यालय बुटवल
राजस्व अनुसन्धान कार्यालय बुटवलले राष्ट्रिय कर दिवसको सप्ताहिक कार्यक्रमको आयोजना गरेको थियो । त्यस अवसरमा जनचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्यालय परिसमा बृहत सरसफाइ कार्यक्रमको आयोजना ग-यो ।
सो अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवाले पुरुष ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको थियो । उक्त पुरुष ब्याडमिन्टन प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसमा राजस्व अनुसन्धान कार्यालय, बुटवल द्वितीय हुन सफल भएको छ ।