Logo

Apr 12 2025 | २०८१, चैत ३०गते

Apr 12 2025 | २०८१, चैत ३०गते

images

कांग्रेसले गृहमन्त्रीको राजीनामाको माग छाडी संसदीय छानबिन समितिलाई न्यूनतम अडान बिन्दु बनायो

कांग्रेसले गृहमन्त्रीको राजीनामाको माग छाडी संसदीय छानबिन समितिलाई न्यूनतम अडान बिन्दु बनायो

  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सन्दर्भमा न्यूनतम अडान संसदीय छानबिन समितिलाई बनाउने भएको छ ।संसद्मा रहेका पूर्व र वर्तमान कांग्रेस पदाधिकारीको  सोमबार बिहान बसेको बैठकले छानबिन समितिबाट पछि  नहट्ने निर्णय लिएको पार्टीका महामन्त्री गगन थापाले जानकारी सार्वजनिक गरेका हुन् ।

    तर कांग्रेसले संसदीय छानबिन समिति कस्तो बनाउने त्यसको क्षेत्राधिकारबारे  खुलेर छलफल गर्न तयार रहेको बताउँदै महामन्त्री थापाले तर संसदीय छानबिन समिति बनाएर जाने कांग्रेसको सामान्य माग प्रति सरकार  संवेदनशील हुनुपर्ने बताए ।

    कांग्रेसले माग गरिरहेको संसदीय छानबिन समितिका बारेमा छलफल गर्न सभामुख देवराज घिमिरेले दलका नेताहरूलाई २ः३० बजे बोलाएका छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उक्त बैठकमा सहभागी हुने भएका छन् ।

    सरकार र प्रमुख प्रतिपक्षीबीच सहकारी ठगीको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा राजीनामा गर्नुपर्ने मागका कारण सदनमा तनावको स्थिति रहेको छ । सदनमा उठाएको राजीनामालाई छाडेर यस विषयमा कांग्रेसले संसदीय छानबिन समिति बनाउने कुरोलाई न्यूनतम अडान बिन्दु बनाएको हो ।

    गृहमन्त्रीले भने सहकारी ठगी प्रकरणमा आफूले संसदमा बोल्न पाउन भनेपनि कांग्रेसरले आफहरू त्यो कुरा संसदमा सुन्न नचाहेको बताउँदै संसदीय छानबिन समितिको मागलाई बटम लाइन बनाउने निर्णय गरिएको हो ।

    सहकारी ठगी गरी फरार रहेका जीबी राईसँगको सम्बन्ध र सहकारी लेनदेन प्रकरणमा लामिछानेको संलग्नताको छानबिन गर्नुपर्ने माग कांग्रेसरले लामिछानेले मन्त्रीको जिम्मेवारीमा आएदेखि चर्को गरी उठाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij