Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

लगानीकर्ताको लगानी सुरक्षाप्रति विश्वास जगाउन  बिप्पाको ठाउँमा बिआ गर्ने तयारी

लगानीकर्ताको लगानी सुरक्षाप्रति विश्वास जगाउन  बिप्पाको ठाउँमा बिआ गर्ने तयारी

  • काठमाडौं । सरकारले लगानीकर्ताको  लगानी सुरक्षा प्रतिको विश्वास जगाउन दुई पक्षीय लगानी सम्झौता बाइल्याटरल इन्भेस्टमेन्ट एग्रिमेन्ट (बिआ) गर्ने भएको छ।दुई पक्षीय तथा बहुपक्षीय लगानीकर्ताहरूले बिआ सम्झौताको विषयमा चासो बढाउन थालेपछि सरकारले लगानी सम्मेलनको मुखमा यस्तो सम्झौता गर्न बिआको खाका तय गरेको हो ।

    आइतबारको मन्त्रिपरिषद् बैठकबाट बिआको खाका स्वीकृत भयो ।यसअघि सरकारले लगानी सुरक्षा प्रतिको विश्वास जनाउन २०६८ सालमा भारतसँग द्विपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (बिप्पा) गरेको थियो। तर,  बिप्पा कार्यान्वयनमा नआई खारेज भएको थियो । 

    अब भने दुई पक्षीय लगानी सम्झौता बिआ हुने भएको हो। लगानीकर्ताले कुनै पनि देशमा लगानी गर्नु पहिले आफ्नो देशसँग बिआ भएको छ वा छैन भनेर हेर्ने भएको कारण पनि यस्तो सम्झौता आवश्यक रहेको निजी क्षेत्रका प्रतिनिधिहरूको भनाइ छ।
    सरकारले बिआ गर्न अघिल्ला लगानी सम्मेलनदेखि तयार रहेको भएपनि खाका तयारी गरिएको थिएन् ।

    सरकारले आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलनको आयोजना गरेको छ।लगानी सम्मेलन सफल पार्न विभिन्न कानुनहरू बनाउन थालेको हो । यसका लागि उद्योगी व्यवसायीको सुझावलाई समावेश गरी १० कानुन ल्याउन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij