Logo

May 15 2024 | २०८१, जेठ २गते

images

व्यायाम गर्न अल्छी नगरौँः मन्त्री श्रेष्ठ


नया सडक

२०८०, चैत २७ मंगलबार

  • 291
    Shares

  • व्यायाम गर्न अल्छी नगरौँः मन्त्री श्रेष्ठ

    काठमाडौँ ।युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा नियमित व्यायामबाट शारीरिक एवं मानसिक स्वास्थ्य कायम राख्न सहज हुने उहाँले बताउनुभयो । 

    images

    “आफ्नो शरीरका लागि केही समय छुट्याउनुभयो भने यसले स्वस्थ्य बनाउँछ । यसले हाम्रो स्वास्थ्य समस्यामात्र नभई मानसिक समस्या पनि कम गर्न मद्दत गर्छ । त्यसकारण व्यायाम गर्न अल्छी नगरौँ । साथै यस्ता जिम क्लबले खेलाडी लक्षित प्याकेजहरू बनाउनुपर्छ, यसले सामाजिक उत्तरदायित्व बहन गराउँछ”, मन्त्री श्रेष्ठले भन्नुभयो । 

    त्यस अवसरमा मन्त्री श्रेष्ठसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाह, चलचित्र निर्देशक आशिफ शाह, चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष दिनेश सिटौलालगायत उपस्थित हुनुहुन्थ्यो ।रासस

    प्रतिक्रिया दिनुहोस