Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

सूचना प्रविधिको क्षेत्रमा लगानी ल्याउन आवश्यक भएको चेम्बरको बुझाइ

सूचना प्रविधिको क्षेत्रमा लगानी ल्याउन आवश्यक भएको चेम्बरको बुझाइ

  • काठमाडौं । मंगलबार काठमाडौंमा आयोजित चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधारणसभामा सूचना प्रविधिको क्षेत्रमा लगानी ल्याउन आवश्यक रहेको उद्योगी व्यवसायीहरूले बताएका छन् ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आईटीमा स्वदेशी तथा विदेशी लगानी ल्याउन आवश्यक रहेको बताएका हुन् ।


    यसपटक व्यापार घाटा पनि उच्च हुने देखिएको बताउँदै अध्यक्ष मल्लले हाल बाह्य सूचकमा सुधार देखिए पनि आन्तरिक समस्या कायमै  रहेको बताए ।अध्यक्ष मल्लले उच्च लगानी र आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसकेको बताए । तुलनात्मक लाभ भएका पर्यटन र कृषि आईटीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको उनको भनाइ छ ।

    पुँजीगत खर्च बढाउन समयतालिका बनाउनुपर्ने  नागरिकतासँगै प्यान कार्ड पनि वितरण गर्नुपर्ने बताउँदै अध्यक्ष मल्लले कृषिमा दिँदै आएको कर्जाले निरन्तरता पाउनुपर्ने बताए । ४८ वर्ष पुरानो कालोबजारी ऐनलाई संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij